काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय ७२ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको ४९५, ललितपुरको ४३ र भक्तपुरको ३४ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ३ सय ६ ललितपुरका १०५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।
आज देशभर १२४६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।