
कोरोनाको संक्रमणपछि मेरो पीसीआर परीक्षण नेगेटिभ आएपछि मैले तपाईहरुबाट जुन शुभकामना पाएँ । म त्यसबाट साँच्ची कै निकै भावविभोर भएँ । मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । मान्छे न हो कोरोना लागेको थाहा पाउने बित्तीकै एकछिन आत्तिएँ । तर, हिम्मत चाहिँ हारिन ।
खासै लक्षण पनि केही थिएन । साधारण रुघा, अलिकति नाक बग्ने, टाउको भारी बाहेक अन्य खासै लक्षण नदेखिएकोले पनि मलाई आफ्नो मनाेवल उच्च राख्न सहयोग पुगेको थियो । तत्काल मैले आफुलाई आइसोलेट गरेँ ।
नर्भिकका डाक्टर विप्लभ र उहाँले खटाउनु भएको सिस्टर दिक्षाको निर्देश्नमा मैले आफ्नो जीवनचर्या अगाडि बढाउन थालेँ । तर, सबैभन्दा ठूलो मेरो आत्मबल को स्रोतनै मैले जब सामाजिक सञ्जालमा मलाई संक्रमणले छोएको जानकारी गराएँ । त्यसबाट आएको प्रतिक्रिया र माया तथा शुभकामनाले मलाई सन्तोषको अनुभुति भयो ।
त्यतिखेर मैले सम्झेँ की मैले धेरै साथीभाई, इष्ट्रमित्र तथा शुभचिन्तकहरु धेरै नै कमाएको रहेछु भन्ने महसुस गरेँ । त्यसर्थमा सबैभन्दा ठूलो पुँजी पनि हो ।
मलाई लाग्छ कि यस्तै सकरात्मक सोच सद्भाव र मायाको खाँचो हरेक संक्रमितले अपेक्षा गरेको हुन्छ । म आज यो कोरोना लागेर निको भएको व्यक्तिको हैसियतले मेरो अनुभव बाँड्न लागेको मात्र होइन कि हामीले संक्रमण भएका व्यक्तिहरुलाई पन्छ्याउने होइन उनीहरुको आत्मबल बढ्ने किसिमका हाम्रा अभिव्यत्तिहरुले सहयोग गर्नु पर्दछ ।
कोरोना खासै केही होइन भन्ने भ्रममा नबसौं । साथसाथै यसको बारेमा सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रचारहरु हुने गरेका छन् । त्यसको पनि खासै स्थान छ जस्तो मलाई लाग्दैन ।
मेरो आफ्नो अनुभवमा यसको पहिलो लक्षण भनेकै साधारण रुघा जस्तो हो । त्यो रुघालाई हामीले ज्वरोको रुपमा अगाडि बढ्न नदिनु, खोकीको रुपमा अगाडि बढ्न नदिनु पहिलो चरणको चुनौती र सबैभन्दा पहिला गर्नु पर्ने प्रयास पनि हो ।
मेरो बुझाईमा कोरोना भनेको यस्तो किसिमको रोग होकि यो संक्रमण भएका कतिपयले थाहै नपाइकन गुज्रिसकेको हुन्छ । मान्छेले मलाई साधारण रुघा लाग्यो सोचेर वेवास्ता गरेका होलान् । हाम्रो जस्तो पीसीआर अत्यन्त सीमित रुपमा परीक्षण गर्ने वातावरणको सन्दर्भमा यो झनै सान्दर्भिक छ ।
कोरोनको लक्षण खोकी ज्वरो नै हो भनिरहेको सन्दर्भमा त्यो समय आउनै नदिऔं । लागेको रुघालाई कुनै हिसाबबाट अगाडि बढ्न नदिऔं । तातो पानी, अदुवा, बेसार, कागती गुरजाे लगायतका विभिन्न घरेलु उत्पादनहरुकाे निरन्तर सेवन र तापक्रमको मापन गर्न आवश्यक छ । जुन गर्नको लागि कुनै प्रोफेसनल डाक्टरको पनि आवश्यकता पर्दैन ।
आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी
आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी
Gepostet von Bikashnews.com am Freitag, 11. September 2020
आफ्नो नियमित व्यायामका साथसाथै योगालाई निरन्तरता दिनुपर्छ । यिनै कुराले मलाई मद्दत पुग्यो । यसमा कुनै डाक्टरको सहयोग चाहिँदैन । कोरोना सँग डराउने होइन । कोरोना अहिलेको अवस्थामा रियालिटी हो ।
कुनै न कुनै रुपले विश्व यो सँग जुधिरहेको छ । यो कहिले सम्म रहन्छ भन्ने कुरा अझै पनि ठेगान छैन । यसको उपचारको औषधि कहिले बन्छ अझै पनि ठेगान छैन । आफुलाई कोरोना नजिक जान नदिन र आफुलाई कोरोनाको संक्रमण भइहाले पनि अझ त्यसलाई बढ्न नदिनको लागि गर्नुपर्ने सम्पूर्ण प्रयासहरु गर्नै पर्छ ।
तर, यसबाट आँतिएर समस्याको समाधान हुँदैन । उच्च आत्मबल राख्ने, आफुलाई आइसोलेट राख्ने गर्नु पर्दछ । मैले मेरो परिवारका सदस्यहरुलाई कौसीबाट हात हल्लाएर भेट्थेँ । यिनै कुराहरुले मलाई मद्दत पुर्यायो भन्ने म ठान्दछु । फेरि पनि यहाँहरुबाट पाएको अपार प्रेम, सद्भावका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।