काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १२ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ८ सय ५२ जनाले कोरोना जितेका छन् ।