कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना

<p>काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन् । अस्पतालले दिएको जानकारीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ । उनको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वको [&hellip;]</p>

काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन् ।

अस्पतालले दिएको जानकारीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ ।

उनको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न रहेकाे अस्पतालले जनाएकाे छ ।

Share News