औषधि उद्योग देउराली जनता फर्मास्यूटिकल्स बन्द

<p>काठमाडौं । बजारमा औषधिको माग घटेपछि देउराली जनता फर्मास्यूटिकल्स बन्द भएको छ । देउराली जनता फर्मास्ट्युटिकल्सका सञ्चालक हरिभक्त शर्माका अनुसार बजारमा औषधिको माग नभएपछि बन्द गर्नु परेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आम सर्वसाधारणहरु घरभित्रै रहेको कारणले पनि औषधिको माग नभएको उनकाे भनाई छ । ‘अहिले बजारमा धेरै चिजको कम [&hellip;]</p>

काठमाडौं । बजारमा औषधिको माग घटेपछि देउराली जनता फर्मास्यूटिकल्स बन्द भएको छ ।

देउराली जनता फर्मास्ट्युटिकल्सका सञ्चालक हरिभक्त शर्माका अनुसार बजारमा औषधिको माग नभएपछि बन्द गर्नु परेको हो ।

अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आम सर्वसाधारणहरु घरभित्रै रहेको कारणले पनि औषधिको माग नभएको उनकाे भनाई छ ।

‘अहिले बजारमा धेरै चिजको कम माग छ, औषधिको पनि त्यतिकै कम छ, मानिस बिरामी भएपनि कोरोनाको डरले अस्पताल जान सकेका छैनन्, त्यसले नै औषधिको माग घटेको हो,’ उनले भने ।

‘औषधिकाे माग नभएपछि अनावश्यक रुपमा किन सञ्चालन गर्ने भन्ने भयो, अहिले पनि कुनै औषधिको माग भयो भने पुनः सञ्चालन गर्छौं, पूर्ण रुपमा भने बन्द भएको छैन,’ उनले भने ।

Share News