नेपालभर ११७२ जना काेराेना संक्रमित थपिए, ७ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ४ जना [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ७ हजार १ सय ४ जना रहेका छन् भने आजसम्म ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १८९३ जना निकाे भएसँगैं हालसम्म ४९ हजार ९ सय ५४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४३६ पुगेकाे छ ।

Share News