कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

<p>काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्। महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि [&hellip;]</p>

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्।

महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो।

Share News