काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १५ सय ५९ र उपत्यकामा मात्र ९०२ जना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २० हजार ८ सय ९१ पुगेकाे छ ।
हाल क्वारेन्टिनमा ५ हजार ४ सय २८ जना रहेका छन् भने आजसम्म १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०५७ जना निकाे भएसँगैं हालसम्म ५६ हजार ४ सय २८ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४९८ पुगेकाे छ ।