पीसीआर शुल्क २ हजारभन्दा बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज हुने

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने बताएका हुन् । गाैतमले ल्याबहरुलाई एकपटककाे लागि चेतावनी दिएकाे र २४ घण्टाभित्र शुल्क नघटाए कारबाही हुने बताएका छन् । गाैमले ह्याम्स अस्पताल, स्टार अस्पताल, मेडिसिटी अस्पताल, बि एण्ड [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने बताएका हुन् ।

गाैतमले ल्याबहरुलाई एकपटककाे लागि चेतावनी दिएकाे र २४ घण्टाभित्र शुल्क नघटाए कारबाही हुने बताएका छन् । गाैमले ह्याम्स अस्पताल, स्टार अस्पताल, मेडिसिटी अस्पताल, बि एण्ड बि अस्पतालहरुलाई २४ घण्टाभित्रमा सरकारले ताेकेकाे शुल्क घटाउनलाई आदेश दिएका हुन् ।

सरकारले हाल पीसीआर परीक्षण शुल्क घटाएर २ हजार बनाएकाे छ ।

Share News