शनिबार नेपालमा २१२० संक्रमित थपिए, ८ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २१ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २१ सय २० र उपत्यकामा मात्र ११७७ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २१ सय २० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २१ सय २० र उपत्यकामा मात्र ११७७ जना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २१ हजार ३ सय २ पुगेकाे छ ।

नेपालमा आजसम्म १० लाख ६१ हजार ६ सय ६४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २०४४ जना निकाे भएसँगैं हालसम्म ६२ हजार ४ सय ७० जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५२८ पुगेकाे छ ।

Share News