काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
थापाले आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
उनले आफू होम आइसोलेसनमा रहेको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।