काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २२ सय ५३ र उपत्यकामा मात्र १५९९ जना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २२ हजार २ सय १९ पुगेकाे छ ।
नेपालमा आजसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १३२९ जना निकाे भएसँगैं हालसम्म ६४ हजार ६९ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ५३५ पुगेकाे छ ।