दशैंमा घर नजान सरकारकाे आग्रह

<p>काठमाडाैं । याे वर्ष काेराेना भाइरसकाे कारण मानिसहरु घर जान नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथास्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने [&hellip;]</p>

काठमाडाैं । याे वर्ष काेराेना भाइरसकाे कारण मानिसहरु घर जान नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथास्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने निर्णय गरेकाे हाे ।

मन्त्री ढकालका अनुसार अब याे दशैंमा नागरिकले घर जान नपाउने भएका हुन् । ढकालले पनि आफु बसेकै ठाउँमा बसेर दशैं मनाउन आग्रह गरेका हुन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । काठमाडाैं उपत्यकामा मात्र १५९९ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ ।

नेपालमा आजसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । नेपालमा काेराेनाकै कारण मृत्‍यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।  काेराेनाका बिरामी बढ्दै गएपछि सरकारले लकडाउन गर्न सक्ने पनि अनुमान धेरैले गरेका छन् ।

 

Share News