१२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटाउदै नेपाल टेलिकम

<p>काठमाडौं, ८ बैशाख । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि नेपाल टेलिकमले लगानी जुटाउने भएको छ । टेलिकमले रिचार्ज स्किम मार्फत बुढीगण्डी जलविद्युत आयोजनाका लागि लगानी जुटाउन लागेको हो । सूचना तथा सञ्चार सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले रिजार्ज स्किम मार्फत बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउने प्रयास भैरहेको [&hellip;]</p>

काठमाडौं, ८ बैशाख । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि नेपाल टेलिकमले लगानी जुटाउने भएको छ । टेलिकमले रिचार्ज स्किम मार्फत बुढीगण्डी जलविद्युत आयोजनाका लागि लगानी जुटाउन लागेको हो । सूचना तथा सञ्चार सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले रिजार्ज स्किम मार्फत बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउने प्रयास भैरहेको बताएका हुन् । बुधबार नेपाल टेलिकमले सार्वजनिक गरेको सुधार योजनामाथी थप प्रकाश पार्दै सचिव थपलियाले भने–मेरो कल, मेरो सेयर भन्ने अभियान सुरु गर्दैछौं, यसले जलविद्युतमा लगानी जुटाउन मदत गर्छ । चार महिनामा नेपालकै सबै भन्दा ठुलो आयोजना निर्माण गर्ने रकम जुट्छ ।’ सचिव थपलियाले भने ।

Bikashnews.com
उपभोक्ताको प्रतिकल निश्चित महसुल सेयरमा जम्मा हुने व्यवस्था गरिने उनले बताए । ‘सेयरमा लगानी गर्न चाहने उपभोक्ताले टेलिकमसँग त्यहि प्रकारको सुबिधा माग्नु पर्छ, त्यसपछि उपभोक्ताले गरेको प्रत्येक कल वापत केहि महशुल सेयरमा लगानी हुन्छ, हामी छुट्टै खातामा जम्मा गरिदिन्छौं ।’ एक कल वापत ३ पैसा सेयरमा लगानी गर्दा चार बर्षमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पुग्ने रकम जम्मा हुने उनले बताए । यस्तो योजनाले उपभोक्तालाई समेत टेलिकमकै सेवा उपयोग गर्न प्रेरित गर्न उनको भनाई थियो ।‘यो स्किम सञ्चालनमा ल्याएपछि उपभोक्ताले भन्नेछन, कहाँ फोन गरेको हो त, सेयरमा लगानीको पो गरेको, फोन पनि हुने सेयरमा लगानी पनि हुने योजना हो यो ।’ थपलियाले भने ।

व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिले भने स्वदेशी लगानीमै बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नु पर्ने बताएको थियो । समितिले नै रिचार्ज योजना प्रस्ताव गरेको हो । एक खर्ब ६० अर्ब रुपैंयाँ आवश्यक पर्ने बुढीगण्डकी आयोजनाले जग्गा अधिग्रहण सुरु गरिसकेको छ ।

Share News