हामीले बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएका हौं: नर्भिक अस्पताल

<p>काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले आफुहरु बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएको बताएको छ । विभिन्न मिडियाहरुमा अस्पतालमा आएको कोभिड सुरक्षा शुल्क विषयमा अस्तपतालले यस्तो प्रतिकृया रहेकाे जनाएको हो । अस्पतालमा आउने बिरामी उनको परिवारको सदस्यको सुरक्षाको लागि ठुलो मात्रामा रकम खर्च भएको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव भएकोले आफुहरु शुल्क लिन बाध्य [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले आफुहरु बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएको बताएको छ । विभिन्न मिडियाहरुमा अस्पतालमा आएको कोभिड सुरक्षा शुल्क विषयमा अस्तपतालले यस्तो प्रतिकृया रहेकाे जनाएको हो ।

अस्पतालमा आउने बिरामी उनको परिवारको सदस्यको सुरक्षाको लागि ठुलो मात्रामा रकम खर्च भएको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव भएकोले आफुहरु शुल्क लिन बाध्य भएको अस्पतालले बताएको हाे ।

उक्त शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अस्पतालले अनुरोध गरेको छ ।

नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्नलाई  ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसन, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क र शू कभर आदिको दिने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको जनाएको छ ।

कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि नर्भिक ननकाेभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएको र यसको एक मात्र प्रमुख कारण आफुहरुले अप्नाएका सुुरक्षा अवधारणा र उपायहरु नै रहेको अस्पतालले जनाएको छ ।

कोभिड प्रोटेक्सन चार्ज कोभिड बिरामीहरुलाई नभएर अस्पतालमा आउने बिरामी कुरुवाहरुहरुलाई रहेको अस्पतालले जनाएको छ ।

Share News