सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, होला त लकडाउन ?

<p>काठमाडाैं । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । आज देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे फेरि बन्दाबन्दी गर्ने बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको ईन्सिडेन्ट [&hellip;]</p>

काठमाडाैं । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । आज देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।

यस अघि स्वास्थ्य मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे फेरि बन्दाबन्दी गर्ने बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको ईन्सिडेन्ट कमान्ड सिस्टमले संक्रिय संक्रतिमको संख्या २५ हजार नाघेको अवस्थामा फेरि बन्दाबन्दी गर्ने सुझाव दिने निर्णय गरेको थियो ।

यस्तै, सो बैठकले स्वास्थ्य सुरक्षा नअपनाउने कलकारखाना तथा उद्योगहरु एक महिनाको लागि बन्द गर्नु पर्ने सुझाव दिने पनि निर्णय गरेको थियो ।

यद्यपि स्वास्थ्य तथा जनसंखख्यामन्त्री भानुभक्त ढकालले यस अघि अब सरकारले लकडाउन नगर्ने धारणा दिइसकेका छन् । तर आज प्रवक्ता गौतमले पनि लकडाउन गर्ने बारे कुनै धारणा राखेनन् । यसले पनि अब सरकारले लकडाउन गर्न नचाहेको होकि भन्ने पनि बुझ्न सकिन्छ ।

Share News