काठमाडौं । चालु आर्थिक वर्ष (साउन १ गतेदेखि) को असोज १६ गतेसम्ममा १२ वटा वाणिज्य बैंकको कर्जा रकम घटेको छ । बाँकी १५ वटा बैंकले भने कर्जा बढाएका छन् । यस्तै, १८ वटा वाणिज्य बैंकमा निक्षेप बढेको छ भने ९ वटाको घटेको छ ।
गत असार मसान्तको तुलनामा कर्जा रकम घट्ने बैंकहरुमा कृषि विकास, बैंक अफ काठमाडू, एभरेष्ट, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी, नेपाल बंगलादेश, एनसीसी, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् । अरु बैंकको कर्जा बढेको छ ।
९ वटा वाणिज्य बैंकको निक्षेप भने घटेको छ । निक्षेप घट्ने बैंकहरुमा कृषि विकास, कुमारी, मेगा, नविल, नेपाल बंगलादेश, प्राइम, सानिमा र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेका छन् । प्रभु बैंकमा पनि सामान्य रुपमा निक्षेप घटेको छ ।
निक्षेप बढाउने बैंकहरु
संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाले निक्षेप बढाएका छन् । निक्षेप बृद्धि हुने बैंकहरुमा बैंक अफ काठमाडू, सेन्चुरी, सिटिजन्स बैंक इन्टरनेसनल, सिभिल, एभरेष्ट, ग्लोबल आइएमई, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, एनएमबी, नेपाल एसबीआई, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ र सनराइज बैंक छन् ।
कर्जा बढाउने बैंकहरु
संचालनमा रहेका १५ वटा वाणिज्य बैंकले गत असार मसान्तको तुलनामा कर्जा प्रवाह बढाएका छन् । कर्जा बढाउने बैंकहरुमा सेन्चुरी, सिटिजन्स, सिभिल, माछापुच्छ्रे, मेगा, नविल, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, एनएमबी, प्रभु, प्राइम, सानिमा, सिद्धार्थ र सनराइज बैंक छन् ।
