काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा उपत्यकामा मात्र २६७२ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३० हजार ८ सय १८ पुगेकाे छ ।
नेपालमा आजसम्म ११ लाख ६४ हजार ५ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२२९ जना निकाे भएसँगैं हालसम्म ७४ हजार २५२ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६१४ पुगेकाे छ ।