आइतबार नेपालमा दुई हजार ७१ जना काेराेना संक्रमित थपिए, २२ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा उपत्यकामा मात्र १४१६ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३१ [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा उपत्यकामा मात्र १४१६ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३१ हजार ३ सय १५ पुगेकाे छ ।

नेपालमा आजसम्म ११ लाख ७६ हजार ९ सय ८४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १५५२ जना निकाे भएसँगैं हालसम्म ७५ हजार ८०४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ६३६ पुगेकाे छ ।

Share News