काठमाडाैं । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्स्नोट्स्मा ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ ।
बिल गेट्सको ब्लग गेट्स्नोट्सले कोरोना महामारीमा समस्या परेकाहरूको हेरचाह गर्ने ७ व्यक्तिहरूको कथा समेटेको थियो । लक्ष्मी रायमाझी यसमध्ये एकजनामा नेपालबाट छानिएकी हुन्।
उनले नेपालको काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गर्दै आएकी छिन्।