काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ५५६ जना र उपत्यकामा मात्र २१२९ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३५ हजार ९ सय १५ पुगेकाे छ ।
नेपालमा आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १५०३ जना निकाे भएसँगैं हालसम्म ७८ हजार ७८० जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६६३ पुगेकाे छ ।