गुर्जो कसले कसरी खाने ? यसाे भन्छन् विज्ञ डा.कोइराला

<p>काठमाडौं । विश्व कोरोना भाइरस (कोभिड-१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले [&hellip;]</p>

काठमाडौं । विश्व कोरोना भाइरस (कोभिड-१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन ।

त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ । मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ ।

विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको उनी बताउँछन् । रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र सरिरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्रालाई थिचेर पानीमा उमाली छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चासम्म खान सकिन्छ । कोभिड १९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए ।

त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीन पटकसम्म खान सक्ने उनको भनाई छ । गुर्जो गर्भवती महिला र गम्भिर प्रकृतिका बिरामीहरुले समेत खान नहुने डा. कोइरालाले बताए । तर यो सबै उमेरकाले खान हुने उनी बताउँछन् ।

Share News