स्वास्थ्य मन्त्रालयका तीन महाशाखा प्रमुखलाई विभिन्न अस्पताल व्यवस्था गर्ने जिम्मा

<p>काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पताल व्यवस्था गर्ने जिम्मा दिएकाे छ। काेभिडकाे समयमा स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउने उदेश्यकाे साथ मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पतालकाे जिम्मा दिइएकाे प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । मन्त्रालयकाे निर्णय अनुसार निति याेजना तथा अनुगमन महशाखा प्रमुख गुणराज लाेहनीलाई वीर अस्पताल पाटन अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, काठमाडाैं  [&hellip;]</p>

काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पताल व्यवस्था गर्ने जिम्मा दिएकाे छ। काेभिडकाे समयमा स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउने उदेश्यकाे साथ मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पतालकाे जिम्मा दिइएकाे प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयकाे निर्णय अनुसार निति याेजना तथा अनुगमन महशाखा प्रमुख गुणराज लाेहनीलाई वीर अस्पताल पाटन अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, काठमाडाैं  मेडिकल कलेज र सम्झाैता भइसकेका निजि अस्पतालहरुकाे जिम्मा दिइएकाे छ ।

यस्तै समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता प्राडा. जागेश्वर गौतमलाई प्रसुती गृह, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल र विरेन्द्र सैनिक अस्पतालकाे जिम्म दिइएकाे छ छ ।

यस्तै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकाेटलाई कान्तिबाल अस्पताल, धुलिखेल अस्पताल, निजामति अस्पताल र सम्झाैता नभइसकेका निजी अस्पतालहरुकाे जिम्मा दिइएकाे छ ।

उनीहरुले अस्पतालकाे काेभिड बेड संख्या र आइसियु समेतकाे प्रबन्ध मिलाउने अस्पतालसँग नियमित सम्पर्कमा रहेर काेभिड अपडेट गर्ने, काेभिड व्यवस्थापन सम्बन्धि अस्पतालहरुसँग आवश्यक सम्झाैत गर्ने, जनशक्ति व्यवस्थापन आवश्यक अनुसार थपघट गर्ने, लजिस्टक व्यवस्थापन र आर्थिक व्यवस्थापनकाे लागि आवश्यक अनुसार मन्त्रालयमा सिफारिस गर्ने, अस्पतालमा आएका बिरामीहरुलाई प्राथमिक उपचार नगरी अन्यन्त्र पठाएकाेमा कारबाहीकाे सिफारिस गर्ने काम गर्नुपर्नेछ ।

 

Share News