काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ७४९ जना र उपत्यकामा मात्र १९३५ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार ५ सय ३३ पुगेकाे छ ।
नेपालमा आजसम्म १२ लाख ३७ हजार ६३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३५६४ जना निकाे भएसँगैं हालसम्म ८४ हजार ५१८ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १९ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६९४ पुगेकाे छ ।