काठमाडाैं । काेराेना संक्रमित भएमा मात्र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आदेश दिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ यस्ताे आदेश दिएका हुन् ।
उनले भने, ‘अस्पतालहरुले स्वास्थ्यकर्मीहरुलाई ७ दिन काम र ७ दिन क्वारेन्टिनमा राख्न गरेकाे पाइएकाे छ । यस्ताे नगरी दिनुहुाेला ।’