काठमाडौं । नविल बैंकका सीईओ अनिल केशरी शाह कोरोनामुक्त भएका छन् । उनले सामाजिक सञ्जालमाफर्त आफु कोरोनामुक्त भएको जानकारी दिएका छन् ।
शाहलाई २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शाहले सामाजिक सञ्जाल मार्फत नै आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
बास्ना गुमेपछि पिसिआर परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उनले बताएका थिए । मंगलबार स्वाव परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।
यस्तै उनले नियमित रुपमा हात धुने, मास्क प्रयोग गर्ने र सामाजिक दूरी कायम अनिवार्य गर्न सबैलाई सुझाव पनि दिएका छन् ।