अबदेखि स्वास्थ्य मन्त्रालयकाे प्रेस ब्रिफिङ आइतबार र बुधबार मात्र हुने

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा काेराेनाभाइरसकाे अवस्थाबारे जानकारी दिने नियमित प्रेस ब्रिफिङ अबदेखि हप्ताकाे दुईपटक मात्र हुने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले अबदेखि मन्त्रालयले गर्दै आएकाे नियमित प्रेस ब्रिफिङ आइतबार र बुधबार मात्र हुने जानकारी दिए । गाैतमले आइतबार र बुधबार सधैंकाे झै साँझ ४:१५ बजे लाइभ प्रेस ब्रिफिङ हुने र अन्य दिन वेभसाइट र [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा काेराेनाभाइरसकाे अवस्थाबारे जानकारी दिने नियमित प्रेस ब्रिफिङ अबदेखि हप्ताकाे दुईपटक मात्र हुने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले अबदेखि मन्त्रालयले गर्दै आएकाे नियमित प्रेस ब्रिफिङ आइतबार र बुधबार मात्र हुने जानकारी दिए ।

गाैतमले आइतबार र बुधबार सधैंकाे झै साँझ ४:१५ बजे लाइभ प्रेस ब्रिफिङ हुने र अन्य दिन वेभसाइट र भाइबरमा साँझ ४:३० बजे नियमित अपडेट हुने बताए ।

 

Share News