काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप दुई हजार ३६४ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३८ हजार ९ सय ५२ पुगेकाे छ ।
नेपालमा आजसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३०३८ जना निकाे भएसँगैं हालसम्म १ लाख २४ हजार ८६२ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे छ ।