शनिबार दुई हजार ५०८ काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ५ सय [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७४३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ५ सय ८४ पुगेकाे छ ।

नेपालमा आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२६४ जना निकाे भएसँगैं हालसम्म १ लाख ३१ हजार२२२जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ९३७पुगेकाे छ ।

Share News