कोरोना भाइसरदेखी नडराऔं तर ख्यालख्याल पनि नसोचौं: प्राडा. कोजु

<p>काठमाडाैं । धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ एवं काठमाण्डौं विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सेसका डीन प्रा.डा राजेन्द्र कोजुले कोरोना भाइरसदेखी नडराई सामना गर्न आग्रह गरेका छन् । सयपत्री प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष स्वर्गिय कृष्ण कुमार केसीको चौथो पुण्यतिथीको अवसरमा आयोजित सयपत्री–कृष्ण कुमार केसी स्मृति सम्मान तथा पुरस्कार ग्रहण गर्दै प्रा.डा कोजुले कोरोना भाइरसदेखी खासै आतिनु [&hellip;]</p>

काठमाडाैं । धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ एवं काठमाण्डौं विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सेसका डीन प्रा.डा राजेन्द्र कोजुले कोरोना भाइरसदेखी नडराई सामना गर्न आग्रह गरेका छन् ।

सयपत्री प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष स्वर्गिय कृष्ण कुमार केसीको चौथो पुण्यतिथीको अवसरमा आयोजित सयपत्री–कृष्ण कुमार केसी स्मृति सम्मान तथा पुरस्कार ग्रहण गर्दै प्रा.डा कोजुले कोरोना भाइरसदेखी खासै आतिनु नपर्ने र सामान्य रुपमा पनि लिन नमिल्ने बताए ।

उनले भने, ‘कसैकसैलाई शंका पनि लाग्छ यो पोजेटिभ भन्ने मात्र हो । यो केही होईन निको भैहाल्छ । यतिसम्म ख्यालख्याल पनि नगर्नु होला । पोजेटिभ भनेको पोजेटिभ नै हो ।

कोरोना भाइरसको लक्षण ज्वारो आउने, रुघा लाग्ले, डाईरीया हुँदैमा र श्वाब रिपोर्ट पोजेटिम देखिएमा खासै डराउनु नपर्ने र घरमै बसेर पनि कोरोनालाई परास्त गर्न सकिने काेजुले बताए ।

‘खोकी लाग्यो र सास फेर्न गाह्रो भो भने अक्सिजन नापेर ९० भन्दा कम भयो भने अस्पताल पुग्नै पर्छ । पहिलो उमेर पुगेका, मधुमेह भएका, दीर्घरोगीको कोरोना लाग्यो भने मृत्यु हुन्छ भनिथ्यो तर अहिले त भर्खर भर्खरका मानिसहरु कुनै रोग नलागेकाहरु मरिरहेका छन । यो अलि डरलाग्दो अवस्था भएकाले सबैले आफुलाई ध्यान दिनु जरुरी छ । भेन्टिलेटरमा लगिएका कोरोनाका बिरामी फर्किने सम्भावना एकदमै कम रहेको छ । यस्ता विरामीहरु ५ जनामा १ जना मात्र अथक संघर्षपछि फर्किएका छन्,’ उनले भने ।

Share News