आइतबार दुई हजार ८२४ काेराेना संक्रमित थपिए, २३ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ७ सय [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ७ सय ६५ पुगेकाे छ ।

नेपालमा आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३६२० जना निकाे भएसँगैं हालसम्म १ लाख ३४ हजार ८४२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २३ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ९६० पुगेकाे छ ।

Share News