युरोपमा कोरोनाको दोस्रो लहरसँगै पुनः लकडाउन, नेपालमा कस्तो तयारी गर्दैछ सरकार ?

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर सुरु भएसँगै युरोपका केही देशले पुनः लकडाउन सुरु गरेका छन् । फ्रान्स, बेलायत जस्ता केही देशले देशव्यापी लकडाउन गरेर सर्वसाधारणको आवागमन सिमित बनाइरहेका छन् । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा विस्तार भइरहेको छ । पछिल्ला केही दिनयता नमुना संकलनको २५ प्रतिशतको हाराहारीमा कोरोना [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर सुरु भएसँगै युरोपका केही देशले पुनः लकडाउन सुरु गरेका छन् । फ्रान्स, बेलायत जस्ता केही देशले देशव्यापी लकडाउन गरेर सर्वसाधारणको आवागमन सिमित बनाइरहेका छन् ।

नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा विस्तार भइरहेको छ । पछिल्ला केही दिनयता नमुना संकलनको २५ प्रतिशतको हाराहारीमा कोरोना संक्रमण पुष्टी भइरहेको छ ।

पछिल्ला दिनमा रुघा, ज्वरो तथा जिउ दुख्ने जस्ता लक्षण देखिएका अधिकांश विरामीमा कोरोना संक्रमण पुष्टी भइरहेको चिकित्सकहरुले बताइरहेका छन् । जाडो मौसममा कोभिड संक्रमण उच्च गतिमा विस्तार हुने चेतावानी जनसंख्या अधिकारीहरुले दिइरहेका छन् ।

नेपालमा पनि संक्रमण उच्च गतिमा विस्तार भइरहेकोले अबका दिनमा कसरी अघि बढ्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिस्थितिको सुक्ष्म अध्ययन भइरहेको जानकारी दिएको छ । अहिलेसम्मको अवस्था संक्रमणको पहिलो लहर मात्रै भएकोले दशैं र तिहारपछिको परिस्थिति मूल्यांकलन गरेर थप कदम चालिने स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निकट स्रोतले जानकारी दियो ।

‘अहिलेसम्मको परिस्थिति विश्लेषण गर्दा नेपालमा कोरोना संक्रमणको पहिलो लहर नै छ, दोस्रो लहर चलेको जस्तो देखिएको छैन, दशैं, तिहार जस्ता ठूला चाड र पर्वमा सर्वसाधारणको धेरै आवागमन हुने भएकोले त्यसपछिको अवस्था कस्तो हुने रहेछ भनेर मूल्यांकन गरिरहेका छौं, संक्रमण बढेर स्थिति असाध्यै नाजुक हुने देखियो भने तिहारपछि हामीले पनि लकडाउन गर्नुपर्ने हुन सक्छ, तर अहिले नै नयाँ कदम चाल्नुपर्ने अवस्था आएको हामीले महसुस गरेका छैनौं,’ मन्त्री ढकाल निकट स्रोतले भन्यो ।

गृह मन्त्रालयका प्रवक्रा चक्रबहादुर बुढा भने स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कदम चालिने बताउँछन् ।

‘यो शान्ति सुरक्षासँग सम्बन्धित विषय होइन, जनस्वास्थ्यसँग सम्बन्धित विषय हो, यो विषयको निर्णय गर्ने मन्त्रालय भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो, सो मन्त्रालयले दिएको सुझाव र सल्लाहका आधारमा कदम चालिन्छ, अब लकडाउन गर्ने कि, निषेधाज्ञा जारी गर्ने कि वा केही नगर्ने कि भन्ने कुराको निक्र्याेल स्वास्थ्य मन्त्रालयले नै गर्छ,’ प्रवक्ता बुढाले भने ।

Share News