बुधबार तीन हजार बढीमा देखियो कोरोना, पाैने चार हजार निकाे भए, ३० जनाको मृत्‍यु

<p>काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ५ बजेसम्ममा थप तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ५ बजेसम्ममा थप तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ ।

नेपालमा आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३ हजार ८४४ जना निको भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९४८ जना निको भएर घर गइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्‍यु भएको छ । यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या १०३४ पुगेको छ ।

Share News