शनिबार नेपालभर दुई हजार ७५३ काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३५ हजार ४ सय [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७५३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६३६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३५ हजार ४ सय ३५ पुगेकाे छ ।

नेपालमा आजसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२०६ जना निकाे भएसँगैं हालसम्म १ लाख ५५ हजार ११४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १०८७ पुगेकाे छ ।

Share News