काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८१७ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४५३ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३५ हजार ४ सय १९ पुगेकाे छ ।
नेपालमा आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २८१२ जना निकाे भएसँगैं हालसम्म १ लाख ५७ हजार ९२६ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११०८ पुगेकाे छ ।