काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार १ सय ७४ पुगेकाे छ ।
नेपालमा आजसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १७९८ जना निकाे भएसँगैं हालसम्म १ लाख ५९ हजार ७२४ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११२६ पुगेकाे छ ।