काठमाडाैं । सरकारले सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे छ । सरकारले यसअघि लक्षित वर्गलाई मात्र काेराेना परीक्षण निशुल्क गर्ने निर्णयलाई सच्याउँदै सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे हाे ।
याेसँगै अब लक्षण भएका सबै काेराेना बिरामीले सरकारी अस्पतालमा निशु्ल्क परीक्षण तथा उपचार पाउने भएका छन् ।
सरकारले यसअघि आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई मात्र निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको थियाे ।