काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३८ हजार ३५ पुगेकाे छ ।
नेपालमा आजसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८५३ जना निकाे भएसँगैं हालसम्म १ लाख ६० हजार ५७७ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा २२ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११४८ पुगेकाे छ ।