बिहिबार नेपालभर एक हजार ९१३ काेराेना संक्रमित थपिए, १५ जनाकाे मृत्‍यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ४६१ पुगेकाे [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ९१३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३८ हजार ४६१ पुगेकाे छ ।

नेपालमा आजसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४९ जना निकाे भएसँगैं हालसम्म १ लाख ६४ हजार ५९२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ११८९ पुगेकाे छ ।

Share News