थप १४७७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

<p>काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार २७९८ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको [&hellip;]</p>

काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार २७९८ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । हाल नेपालमा ३५ हजार १२५ जना सक्रिय संक्रमित छन् ।

आज थप ६ जनाको मृत्यु भएसँगै मृतक संख्या १२२१ पुगेको छ ।

Share News