बिहिबार २१०३ जनामा संक्रमण पुष्टि, १७ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप २१०३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप २१०३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २८ हजार १०६ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप २१०३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप २१०३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २८ हजार १०६ पुगेकाे छ ।

नेपालमा आजसम्म १६ लाख ३३ हजार ५५९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २८५८ जना निकाे भएसँगैं हालसम्म १ लाख ८५ हजार ६३८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२७६ पुगेकाे छ ।

Share News