शनिबार १६७४ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २४ हजार ९ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २४ हजार ९ पुगेकाे छ ।

नेपालमा आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३२३ जना निकाे भएसँगैं हालसम्म १ लाख ९३ हजार ३२५ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३०५ पुगेकाे छ ।

Share News