आइतबार १६६९ जनामा संक्रमण पुष्टि हुँदा पाँच हजार ६९९ जना निकाे भए

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६६९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ९६३ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६६९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ९६३ पुगेकाे छ ।

नेपालमा आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५६९९ जना निकाे भएसँगैं हालसम्म १ लाख ९९ हजार २४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३२१ पुगेकाे छ ।

Share News