शनिबार नेपालभर १३८० जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १८ हजार ८३ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७२३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १८ हजार ८३ पुगेकाे छ ।

नेपालमा आजसम्म १७ लाख १९ हजार ८२८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५१५ जना निकाे भएसँगैं हालसम्म २ लाख ११ हजार १८६ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १४५४ पुगेकाे छ ।

Share News