कतार प्रहरीकाे कुनै माग आएको छैन, प्रलोभनमा नपर्नु: वैदेशिक रोजगार विभाग

<p>काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीको रोजगारीमा कुनै माग नआएको जनाएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै कतार रोजगारीमा पठाईदिने भन्दै पैसा मागी प्रलोभवमा पार्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य देशको रुपमा रहेको कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको छ । [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीको रोजगारीमा कुनै माग नआएको जनाएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै कतार रोजगारीमा पठाईदिने भन्दै पैसा मागी प्रलोभवमा पार्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य देशको रुपमा रहेको कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको छ । तर हालसम्म कतार प्रहरीका लागि कुनै माग (डिमाण्ड) आएको छैन । कतारस्थित नेपाली दुतावास मागपत्र प्रमाणीकरण भएको छैन । विभागले समेत कतार प्रहरीको रोजगारीका लागि पूर्वस्वीकृति दिएको छैन ।’

विभागले पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सकंलन गर्ने, अन्तरवार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न समेत आग्रह गरेको छ ।

कुन कन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ, कुन कुन इजाजत्रपत्रवाला संस्थाले विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छन्, अन्तरवार्ताको मिति तथा स्थान लगायतका विवरण विभागको वेबसाइटमा राखिने गरिएको भन्दै सूचना अनुसार सम्भावित ठगीबाट बच्न विभागले आग्रह गरेको छ ।

यसअघि कतार प्रहरीको रोजगारीका लागि भन्दै अन्तरवार्ता लिने विभिन्न कम्पनीमा विभागले छापा समेत मारेको थियो । रोजगारीको माग प्रमाणीकरण नहुँदै म्यानपावर कम्पनीहरुले आन्तरिक अन्तवार्ता लिने, ठूलो रकम माग्ने, पासपोर्ट संकलन गर्न थालेपछि विभागले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

Share News