स्थानीय तहलाई ४ खर्ब १३ अर्ब अनुदान

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ काे बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानलाई बढाउँदै ४ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ पुराएकाे हाे । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै  अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले प्रदेश [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ काे बजेटमा प्रदेश र स्थानीय तहलाई दिने अनुदानलाई बढाउँदै ४ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ पुराएकाे हाे ।

शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै  अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकारलाई ५७ अर्ब ९५ करोड, स्थानीय तहलाई ९४ अर्ब ६५ करोड रुपैयाँ समानीकरण अनुदान उपलब्ध गराउने बताएका छन् ।

Share News