चीनले भन्यो–नेपालका पेट्रोलियम खानीको ल्याब टेष्ट रिपोर्ट अन्तिम चरणमा

<p>काठमाडौं, २६ असार । चीनले नेपालमा रहेका पेट्रोलियम खानीहरुको ल्याब टेष्ट रिपोर्टको अन्तिम चरणमा पुगेको बताएको छ । गत अप्रिलदेखि एक महिना लगाएर चाइना जियोलोजीकल सर्भेका विज्ञहरुको टोलीले नेपालका तीन वटा इन्धन खानीहरुको अध्ययन गरेका थिए । अध्ययनपछि माटो, ढुंगा, तेल लगायतको नमुना ल्याब परिक्षणका लागि चीन लगिएको थियो । एक महिना भित्रै ल्याब रिपोर्ट [&hellip;]</p>

काठमाडौं, २६ असार । चीनले नेपालमा रहेका पेट्रोलियम खानीहरुको ल्याब टेष्ट रिपोर्टको अन्तिम चरणमा पुगेको बताएको छ । गत अप्रिलदेखि एक महिना लगाएर चाइना जियोलोजीकल सर्भेका विज्ञहरुको टोलीले नेपालका तीन वटा इन्धन खानीहरुको अध्ययन गरेका थिए ।
petroleum
अध्ययनपछि माटो, ढुंगा, तेल लगायतको नमुना ल्याब परिक्षणका लागि चीन लगिएको थियो । एक महिना भित्रै ल्याब रिपोर्ट लिएर नेपाल आउने भनेको चिनियाँ टोलीले केहि ढिलो गरि ल्याब रिपोर्ट तयार गरेको हो । ‘इन्धन खानीबाट लगिएका नमुनाहरुको ल्याब रिपोर्ट अन्तिम चरणमा पुगेको छ, केहि समय भित्रै रिपोर्टसहित नेपाल आउँछौं भनेर चिनियाँ टोलीले इमेल पठाएको छ’, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने ।

रजौरे नेतृत्वको परियोजनाले इन्धन खानी अन्वेषणको ल्याब रिपोर्ट पठाउन आग्रह गर्दै चाइना जियोलोजीकल सर्भेलाई दुई पटक पत्र पठाईसकेको छ । ती इमेलको जवाफ पठाउँदै चाइना जियोलोजिकल सर्भेले ल्याब परिक्षणको रिपोर्ट अन्तिम चरणमा पुगिसकेको जवाफ पठाएको हो । चीनमा आइतबार सार्वजनिक बिदा परेकाले तेश्रो इमेल नपठाएको बताए ।

कहाँ कहाँ गरिएको थियो अध्ययन ?
चाइना जियोलोजीकल सर्भेका ६ जना विज्ञ सम्मिलित टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । चिनियाँ टोली ती तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेको थियो । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । रजौरेका अनुसार चीनियाँ टोलीले नेपालसँग भएका पुराना अध्ययनका रिपोर्ट, चट्टान, ग्यास र तेलको नमुना लगेको छ ।

कसरी हुन्छ उत्खनन ?
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको हो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

Share News