काठमाडौं, २६ असार । डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको बोर्डका प्रबक्ता निरज गिरीले बताए ।
बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् ।
साउन महिनामै ३ लघुवित्त सवा ८ लाख कित्ता साधारण नभने यर नस्किँदै छ । धितोपत्र बोर्डबाट स्वीकृत पाएको दुई महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्ने हुन्छ ।
निक्षेप सदस्य (डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् ।
लगानीकर्ताले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।