युएईद्धारा मृतकका परिवारलाई ९० हजार आर्थिक सहयोग

<p>बैतडी, २८ असार । सुदूरपश्चिम सेवा समाज युएईले दार्चुलामा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । यही असार १६ गते राति दार्चुलामा पहिरोमा पुरिएर ज्यान गुमाएका तीन जनाको परिवारलाई युएईमा रहेका नेपालीले ९० हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत जनही रु ३० हजारका दरले उक्त [&hellip;]</p>

बैतडी, २८ असार । सुदूरपश्चिम सेवा समाज युएईले दार्चुलामा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

यही असार १६ गते राति दार्चुलामा पहिरोमा पुरिएर ज्यान गुमाएका तीन जनाको परिवारलाई युएईमा रहेका नेपालीले ९० हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत जनही रु ३० हजारका दरले उक्त रकम हस्तान्तरण गरिएको छ ।

बाढी पहिरोका कारण मृत्यु भएका मालिकार्जुन–८ की वसन्ती धामी र सर्मोली–२ का चन्द्रदेव पन्त तथा पहिरोमा पुरिएर अझै बेपत्ता रहेका अपि नगरपालिका–१७ धापकी भागरथी महरका आफन्तलाई उक्त राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जयराज जोशीका भाइ वासुदेव जोशीमार्फत प्रजिअ जोशीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । युएईमा कार्यरत सुदूरपश्चिमवासीले तीन वर्ष अगाडी महाकाली नदीमा आएको बाढीले दार्चुलामा व्यापक क्षति पु¥याउँदा समेत आर्थिक सहयोग गरेका थिए ।

“प्राकृतिक प्रकोप, दैवी प्रकोपजस्ता विपत्तिमा परेका गरिब असहायलाई सहयोग गर्र्दै आएका छौं,” सुदूरपश्चिम सेवा समाज युएईका उपाध्यक्ष जोशीले भने । रासस

Share News