काठमाडौं, २८ असार । नेकपा(एमाले)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको छ । सत्ताको प्रमुख घटक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार ढलेको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाईसकेको छ । माओवादी केन्द्रले सरकार गठनका बेला भएको नौ बुँदे र पछिल्लो पटक भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभएकाले सरकार छाडेको पत्रमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको समेत स्पष्ट पारेको छ ।